काठमाडौं- डा रविन्द्र बाँस्कोटा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा नियुक्त भएका छन्।
डब्लुएचआले डा बाँस्कोटालाई कुष्ठरोग कार्यक्रमको टेक्नीकल एडभाइजरी समूहको (टएजी–ल्याप्रोसी) सदस्यमा नियुक्त गरेको हो। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखा प्रमुख हुन्। उनको कार्यकाल तीन वर्षको हुनेछ।