काठमाडौं - पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८६७ पीसीआर र ६७९ जनाको एन्टीजेन परीक्षणका क्रममा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८७ हजार ३२४ पुगेको छ। देशभर हाल ५६९क जना सक्रिय संक्रमित छन्।