काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।
अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था समान्य भएपछि मंगलबार बिहान १२ बजेर ४५ मिनेटमा डिस्चार्ज भएकी हुन्।
खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारी शनिबार अस्पताल भर्ना भएकी थिइन्। उनको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो। परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।
राष्ट्रपति भण्डारीको शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिनमा राखेर उपचार गरिएको थियो।