काठमाडौं - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। अस्पताल भर्ना भएको १९ औँ दिनमा उनको स्वास्थ्यमा सुधार आएको हो।
उनले दोहोरो कुरा गर्न थालेको किष्ट अस्पतालले जनाएको छ। उनलाई सुक्ष्म निगरानीमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ। खकार परीक्षण गर्दा एन्टिबायोटिक्स निरन्तर दिइरहेको अस्पतालले जनाएको छ।
‘उहाँ सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा उहाँलाई डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा नर्सिङ सेवा तथा मल्टीडिसिप्लिनरी केयर सहित उपचार गरिएको छ। अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ।’
स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ८ गते अस्पताल भर्ना गरिएको थियो।