काठमाडौं- नवलपरासी (पश्चिम) १ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। एमालेले उक्त क्षेत्रमा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त क्षेत्रमा जनता प्रगतिशील पार्टीका त्रिपाठीलाई समर्थन गर्दै बुढाथोकीको उम्मेदवारी फिर्ता लिन निवेदन पठाएको हो। यसअघि यही क्षेत्रबाट त्रिपाठीले सूर्य चिह्नबाट चुनाव जितेका थिए।
पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीको उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फवाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग प्रतिस्पर्धा हुनेछ। व्यवसायी चौधरीलाई टक्कर दिन एमालेले पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई समर्थन दिएको छ।
स्वास्थ्यमन्त्री रहँदा त्रिपाठीले राम्रो पर्फरमेन्स भने देखाउन सकेका थिएनन्।