काठमाडौं - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पुनः आइसीयूमा सारिएको छ। शरीरमा अक्सिजन स्याचुरेसन लेभल कमी भएपछि उनलाई आइसीयूमा सारिएको हो।
निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको उपचारका लागि एन्टिबायोटिक्स दिइरहनु परेको किष्ट अस्पतालले जनाएको छ।
यसअघि बुधबार उनको स्वास्थ्यमा सामान्य सुधार आएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ८ गते अस्पताल भर्ना गरिएको थियो।