काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डीनमा डा धनकेशर खड्का नियुक्त भएका छन्। चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा खड्कालाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले नियुक्त गरेका हुन्।
असोज २६ गतेदेखि लागू हुने गरी दुई वर्षका लागि डा खड्कालाई उक्त पदम नियुक्त गरिएको हो। डा भावेश कोइरालाको सहयाक डीन परीक्षाको दुई वर्षे कार्यकाल भदौ १८ गते सकिएको थियो।