काठमाडौं- नेपाली फिजिसियन चिकित्सकहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। सम्मेलन आज शुक्रबार र भोलि शनिबारसम्म पोखराको ग्रान्ड होटलमा चल्ने छ।
सम्मेलनमा नेपालभरका फिजिसियन चिकित्सकसहित नेपाल बाहिरबाट पनि प्रतिनिधिहरु सभागी भएका छन्। बेलायत, भारत, बंगलादेश, माल्दिभ्सका फिजिसियन सहभागी छन्। सम्मेलनमा ५० वटा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ।
मुटुरोग, मिर्गौला, स्नायु, बाथ, संक्रामक रोग लगायतका विभिन्न विषयमा गहन छलफल तथा विमर्श हुनेछ।
सम्मेलनको अघिल्लो दिन बेलायतका चिकित्सकले विभिन्न स्वास्थ्यकर्मीलाई अस्पतालमा उपचार गर्दागर्दै अकस्मात स्थिति बिग्रेको अवस्थामा कसरी उपचार गर्ने भनेर तालिम दिएका थिए।
पोखरामा साइमनको तेस्रो पटक सम्मेलन भइरहेको हो। सम्मेलनको मुख्य स्थानीय आयोजक मणिपाल शिक्षण अस्पतालका प्राडा अभिषेक मास्के हुन भने आयोजक समितिका प्रमुख सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटु रोग विशेषज्ञ तथा साइमनका सभापति डा अरुण मास्के हुन्।