काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले `प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा दुबईकी मनोचिकित्सक डा इरा नाइम प्रमुख वक्ताको रूपमा उपस्थित थिइन्। इराले मानसिक स्वास्थलाई प्राथमिक हेरचाहमा किन राख्ने भन्ने विषयमा आफ्नो विचार व्यक्त गरेर उपस्थित डाक्टर र मनोचिकित्सकहरूसँग समेत अन्तरक्रिया गरेकी हुन्।
पाकिस्तानमा जन्मिएकी इरा विगत १० वर्षदेखी दुबईमा बसेर मानसिक स्वास्थको क्षेत्रमा काम गरिरहेकी छिन्।
कार्यक्रम बोल्दै इराले नेपाल सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा अझै लगानी गरेर विद्यार्थीहरूलाई मनोविज्ञान पढ्न प्रेरित गर्नुपर्ने बताइन्।
कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक वसन्त चौधरी, अस्पतालकी प्रशासकीय प्रमुख मेघा चौधरी, मनोचिकित्सक, मनोविद्हरूको उपस्थिति रहेको थियोे।