काठमाडौं- नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।
सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।