काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर उनकै इच्छा बमोजिमअस्पताललाई दान दिइएको छ। दानपछि शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डली जलाइएको छ।
शंखमुलस्थित बागमती घाटमा आइतबार साँझ जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा पूर्णराज जोशीले बाबुको जन्मकुण्डली जलाएका हुन्।
जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो।