काठमाडौं- पछिल्लो २४ घण्टामा ४६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ४२ र एन्टिजेनबाट ४ जनामा कोरोना पुष्टि भएको हो।
२४ घण्टामा ८३५ पीसीआर र ६७५ एन्टिजेन गरी १५१० कोरोना परीक्षण भएको छ । १७ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन।
अहिले सक्रिय संक्रमितको संख्या ७३६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।