दमक- गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा पुगेका थिए। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरीरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।
तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा पुगेका हुन्। अध्यक्ष ओलीलाई ज्वरो आएपछि दमकमा पत्रकार सम्मेलनसहित आजको कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।