काठमाडौं- डेंगु संक्रमणबाट बिरामी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई सरुवा रोग अस्पताल टेकुबाट वीर अस्पतालमा सारिएको छ। संक्रमणका कारण केसीको स्वास्थ्य विग्रदै गएपछि टेकु अस्पतालमा भर्ना गरिएको थियो।
तर त्यहाँ सुधार हुन नसकेपछि वीर अस्पतालमा ल्याइएको हो।
राज्यमन्त्री केसीको अवस्था केही सुधार भएको वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।