काठमाडौं- पछिल्लो २४ घण्टामा ५४ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ४८ र एन्टिजेनबाट ६ जनामा कोरोना पुष्टि भएको हो।
आज कोरोनामुक्त हुने र नयाँ संक्रमितको संख्या बराबर देखिएको छ। ५४ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन। अहिले सक्रिय संक्रमितको संख्या ७२१ रहेको मन्त्रालयले जानकारी दिएको छ।