काठमाडौं- ह्याम्स अस्पतालले आइभिएफ सेन्टर संचालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले (स्टेट अफ द आर्ट)आइभिएफ सेन्टरको उद्घाटन गरेका छन्। ह्याम्स आईभिएफ सेन्टरमा प्रजनन् विशेषज्ञ डा भोला रिजाल तथा प्राडापदमराज पन्तद्वारा सेवा प्रदान गरिने छ।
अस्पताल विगत ४ वर्षदेखि धुम्वाराहीमा अवस्थित अत्याधुनिक भवन तथा भौतिक पूर्वाधारका साथ संचालनमा रहेको छ। ह्याम्स अस्पतालमा चिकित्सा विधाका सम्पूर्ण विभागहरु रहेका छन्।
अत्याधुनिक उपकरण तथा उपचार पद्धतिद्वारा अनुभवी तथा दक्ष चिकित्सकहरुले स्वदेशमा नै विशिष्ट स्वास्थ्य सेवा सर्वसुलभ तथा सरलढंगले उपलव्ध गराउँदै आएको कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले बताए। आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पतालले लिएको छ। सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधार अस्पतालमा रहेको जनाइएको छ।

