काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ४८ जसंक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ७९८ नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर सक्रिय संक्रमितको संख्या ७१६ रहेको छ। आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
त्यस्तै गत साउन देखि हालसम्म ४३ हजार ६८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।