चितवन- स्वास्थ्यखबरकर्मी कमला गुरुङ श्रुजश्री मैयाँदेवी पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएकी छिन्। नेपाल पत्रकार महासंघ चितवन शाखाको २० औँ साधारण सभाको अवसरमा स्वास्थ्यखबरकर्मी गुरुङलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो।
पत्रकारिता मार्फत सामाजिक चेतना विस्तारमा योगदान पुर्याएको भन्दै गुरुङलाई पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी नगद १० हजार १११ रुपैयाँ रहेको छ। महासंघ चितवनले गुरुङ सहित आठ जना पत्रकारलाई पुरस्कृत गरेको छ।