काठमाडौं- स्वस्थ पर्यावरण र मानव स्वास्थ्यका लागि आयुर्वेद भन्ने नाराका साथ आइतबार देशव्यापी राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती,२०७९ का अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।
राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती २०७९ ले अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद चिकित्साको पहिचान र विस्तारमा थप योगदान दिने अपेक्षा राखेको छ।
नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्दति आयुर्वेदको सर्वागीण विकास जरुरी रहेको संघको भनाई छ।