काठमाडौँ- मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई स्पष्टीकरण सोधेको छ।
विद्यार्थीहरूलाई रुपैयाँ दिएको भन्ने समाचार प्रकाशित भएको आधारमा एकीकृत समाजवादीका खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
खतिवडाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही १५ हजार रुपैयाँ उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।
आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा 'कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने' स्मरण गराएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ।