काठमाडौं- गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सकमाथि कुटपिट भएको छ। ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेको अस्पतालले जनाएको छ।
आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन्। रिपोर्ट चिक्तबुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले जानकारी दिए।
घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन वमोजिम कारबाहीको लागि अस्पताल व्यवस्थापन समितिले माग गरेको छ।