काठमाडौं- राष्ट्रिय चिकित्सक संघले चिकित्सकमाथि सांघातिक हमलाको भत्सर्ना गरेको छ।
गोरखा अस्पतालको बहिरंग विभागमा कार्यरत डा अविनाश पराजुलीमाथि गत ६ गते भएको घटनाप्रति गम्भिर ध्यानकर्षण भएको भन्दै संघले उपचारसंग सम्बन्धि विषयमा चित्त नबुझेमा प्रचलित कानून बमोजिम कारवाहीका लागि माग गर्ने प्रावधान हुँदाहुँदै भौतिक आक्रमण गर्नु भत्सर्नाजनक भएको जनाएको छ।
घटनासँग जोडिएका सबैलाई तुरून्त पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न पनि संघले माग गरेको छ।
