काठमाडौं- नेपाल चिकित्सक संघले गोरखा अस्पतालमा कार्यरत डा अविनाश पराजुलीमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको छ।
संघका महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथी नै शारीरिक हातपात, अभद्र व्यवहार र धम्की दिने जस्तो अत्यन्तै अमानवीय क्रियाकलाप भएको भन्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ।
'दोषीलाई अविलम्ब छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ स्थानीय सुरक्षा निकाय एवं नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।' विज्ञप्तिमा भनिएको छ।