काठमाडौं- काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवारी दिएका मिलन पाण्डेले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रमा उनले मानसिक रोगको समयमै पहिचान र उपचार गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन्।
यस्तै मोटोपन घटाउने अभियान सञ्चालन गर्न नेतृत्व लिने, विशेषज्ञ मार्फत स्वस्थ रहन सिकाउने कार्यक्रम सञ्चालन गराउने उनले उल्लेख गरेका छन्।
यस्ता छन् मिलन पाण्डेको घोषणापत्रमा स्वास्थ्यका विषय
'विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० मा संसारको एउटा प्रमुख समस्या भनेको मानसिक स्वास्थ्य हुनेछ भनेर आंकलन गरेको छ। म डिप्रेसन लगायत मानसिक रोगलाई समयमै पहिचान र उपचार गर्न विशेष कार्यक्रम सञ्चालन गर्नेछु। साथै, मोटोपन देशको ठुलो समस्या बन्दै छ। सुगर, प्रेसर र अन्य रोगको घर बन्दै छ। त्यसैले मोटोपन घटाउने अभियान सञ्चालन गर्न नेतृत्व लिनेछु। विशेषज्ञ मार्फत मानिसलाई स्वस्थ रहन सिकाउने कार्यक्रम सञ्चालन गराउने छु। सरकारलेनै घोषणा गरेको ९८ वटा औषधीलाई निःशुल्क वितरण कार्य प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेतृत्व गर्नेछौं।'
पूर्णपाठ: