काठमाडौं- नेपाली कांग्रेसले पुड्कोपनाको दरलाई २० प्रतिशतभन्दा कममा झार्ने घोषणा गरेको छ। आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले हालको ३२ प्रतिशत पुड्कोपनाको दरलाई पाँच वर्षभित्र २० प्रतिशत भन्दा कममा झार्ने घोषणा गरेको हो।
कांग्रेसले सुनौला हजार दिन लगायतका कार्यक्रमहरू प्रभावकारी बनाएर, सरकारका सबै तहको वार्षिक बजेटमा स्वास्थ्य र पोषण क्षेत्रको अंश न्यूनतम १० प्रतिशत हुने लक्ष्य राखेर बाल कुपोषणको दर घटाउने घोषणापत्रमा उल्लेख गरेको छ।
‘नेपालको विद्यमान कुपोषणको स्थिति सुधार गर्न खाद्यमा आधारित पोषण कार्यक्रमहरू मार्फत् वालवालिका, गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक खाद्य पदार्थमा पहुँच बढाउन निजी क्षेत्र, तीनै तहका सरकार र अन्य सरोकारवालासँग सहकार्य गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ।