काठमाडौं- नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगलाई थप व्यवस्थित र मर्यादित बनाउने घोषणा गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले आयोगलाई व्यवस्थित र प्रभावकारी बनाउने घोषणा गरेको हो।
चिकित्सा शिक्षाका विकृति र विसंगती हटाउँदै मर्यादित र प्रभावकारी रुपमा काम अगाडि बढाउन आयोग गठन भएको हो। आयोगले काम सुरु गरेयता विभिन्न समस्या तथा विवादहरु उत्पन्न भइरहेको छ। कांग्रेसले आयोगमा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्न आयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको हो।
यस्तै कांग्रेसले सातवटै प्रदेशमा चिकित्सा शास्त्र संकायका विभिन्न विधाको पढाइ हुने गरी शिक्षण अस्पतालको स्थापना गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरेको छ।