काठमाडौं- नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको छ। शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो।
सरकारले छात्राहरुलाई नि:शुल्क प्याड वितरण गर्दै आएको छ। २०७६ मा बनाएको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिमा किशोरअवस्थाका छात्राहरुलाई महिनावारी व्यवस्थापन सामग्री वितवरण गर्ने भनिएको थियो।
उक्त कार्यविधि अनुसार छात्राहरुलाई वितवरण गरिएको प्याडको गुणस्तर माथि प्रश्न उठीरहेको थियो। साथै, प्याड वितवरणको नाममा स्थानीय सरकारले गरेको भ्रष्टाचारको समेत समाचार आइरहेको थियो।
पछिल्लो समय सरकारले सेनेटरी प्याडको आयात करमा ९० प्रतिशत छुट गरेको छ।
अहिले कांग्रेसले भने छात्राहरूलाई मात्रै नभई सबै महिलाहरूलाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको हो।