काठमाडौं- डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
कात्तिक २ गते उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। डेंगुले गलाएपछि उनलाई ३ गते वीर अस्पतालमा सारिएको थियो।
राज्यमन्त्री केसीको अवस्थामा सुधार भएपछि आइतबार बिहान डिस्चार्ज गरिएको वीर अस्पतालका प्रमुख डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।