काठमाडौंं- नेपालमा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०२४ जनामा परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा थप ३४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५५२ सक्रिय संक्रमित रहेका छन्।