काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज भएको छोरी गंगा दाहालले सामजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी हुन्।
प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी ‘पीएसपी’ नामक रोगबाट पिडित सीताको स्वास्थ्य जटिल बनेपछि १५ दिन अघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
‘आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशीर्वादले ममिको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरि घर ल्याईएको छ,’ गंगाले लेखेकी छन्,‘संपुर्ण शुभेच्छुकहरुमा आभार सहित धेरै धेरै धन्यवाद।’