काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता जनाएको छ।
सोमबार घोषणापत्र जारी गर्दै राप्रपाले प्रत्येक वडामा सुरक्षित प्रसूति सेवासहित न्यून आय भएका परिवारका सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरेको छ।
साथै, महिला, बालवालिका, ज्येष्ठ नागारिक, अपाङ्ग, उत्पीडित अशक्त, असहाय र टुहुरा बालबालिकालाई आवश्यक शिक्षा, स्वास्थ्य र हेरचाहको व्यवस्थाका लागि स्याहार केन्द्रहरु संचालन गर्ने समेत धोषणापत्रमा उल्लेख छ।
त्यस्तै घोषणापत्रमा एकल तथा बिधुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि घर दैलोमा स्याहार/सुसार, हेरचाह र औषधि उपचारको व्यवस्था गर्ने समेत उल्लेख गरिएको छ।