काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने घोषणा गरेको छ।
सोमबार घोषणापत्र जारी गर्दै राप्रपाले ‘वडा स्वास्थ्य केन्द्र’ मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने व्यवस्था गर्ने उल्लेख गरेको हो।
काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी संचालन गर्ने, आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बिमाको दायरामा ल्याईनेछ र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने उल्लेख छ।