काठमाडौं- नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक घोषणापत्रमा प्रत्येक प्रदेश सदरमुकाममा डाइग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आइसियू तथा भेन्टिलेटर सेन्टरहरूसहितका सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल, प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शय्याका सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्न पहल गरिने उल्लेख छ।
यस्तै घर आगनमै विशेषज्ञ स्वास्थ्य सेवा दिन प्रत्येक पालिकामा एमडीजीपीलगायत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने सबै नगरपालिका र गाउँपालिकामा अनिवार्य रूपमा एम्बुलेन्सको व्यवस्था, बिकट गाउँहरूका लागि एयर एम्बुलेन्सको व्यवस्था तथा आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद् तथा महामारीबाट हुने घाइते तथा बिरामीहरूको उद्धार र सम्पूर्ण उपचार निःशुल्क गराउन पहल गरिने घोषणा पत्रमा उल्लेख छ।