काठमाडौं- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले प्रतिबद्धता पत्र जारी गरेको छ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा आफ्ना दलप्रति मतदाताको ध्यानाकर्षण गराउन सो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
स्वास्थ्य सेवातर्फ जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी र उपकरणको व्यवस्था गर्ने सो प्रतिबद्धतापत्रमा छ।
सबै जिल्ला अस्पतालहरूलाई न्युनतम् ५० शय्यामा विस्तार गर्दै विशेषज्ञ डाक्टरसहित दरवन्दी र उपकरणको व्यवस्था गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने तिबद्धतापत्रमा उल्लेख छ।
प्रतिबद्धता पत्रमा भनिएको छ, 'स्थानीय तहमा निर्माणाधीन ५ देखि १५ शय्याका अस्पताल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरी आवश्यक उपकरण र डाक्टरसहितको दरबन्दी व्यवस्था गरी आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ।’
गर्भवती महिलाहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण र प्रसूतिको व्यवस्था, आङ खस्ने पाठेघरको समस्या तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेदेखि जेष्ठ नागरिकको लागि दन्त उपहार कार्यक्रम सञ्चालन गर्ने, हेमोफेलिया, थालेसेमिया र अटिजम, अब्स्ट्रेटिक फिस्टुला लगायतमा निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।