काठमाडौं- नेकपा माओवादी केन्द्रले डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा वृद्धि गरिने घोषणा गरेको छ।
सोमबार सार्वजनिक घोषणापत्रमा सो कुरा उल्लेख छ। घोषणापत्रमा पढाइ सकेपछि आफ्नो पालिकामा सेवा गर्नुपर्ने सर्तमा हरेक पालिकाबाट प्रत्येक वर्ष कम्तीमा एक डाक्टर, एक स्टाफ नर्स पढ्न सरकारले छात्रवत्तिको व्यवस्था गर्ने पनि उल्लेख छ।
घोषणापत्रमा स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ।