काठमाडौं- नेकपा माओवादी केन्द्रले साप्ताहिक ४० घण्टा भन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने घोषणा गरेको छ।
सोमबार जारी घोषणापत्रमा माओवादीले उक्त कुरा उल्लेख गरेको छ। 'साप्ताहिक ४० घण्टा भन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गरिने छ,' घोषणापत्रमा भनिएको छ, 'आम नागरिकमा चिकित्सा सेवाको लागि डाक्टरहरुको सङ्ख्या बढाउँदै अस्पतालहरुमा एम्बुलेन्स, ल्याब तथा सघन उपचार सेवा विस्तार गरिने छ।'