काठमाडौं- नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्।
घोषणापत्रमा विदेशी नागरिकसमेत उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने उल्लेख छ।
'मुलुकको स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र विशिष्टीकृत स्वास्थ्य सेवाको उपलब्धताबाट नेपाली नागरिक उपचारका लागि विदेश जानु नपर्ने र विदेशी नागरिक समेत उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने छ।' घोषणापत्रमा भनिएको छ।