काठमाडौं- नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भउको छ। योसँगै डेंगुबा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट हालसम्म ५४ जनाले ज्यान गुमाएका छन्। यस्तै, अहिलेसम्म ४६ हजार ४१३ जनामा डेंगु पुष्टि भएको छ।
हालसम्म देशभरका ७७ जिल्लामा डेंगु संक्रमण फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।