काठमाडौं- निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डा तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।
ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो।
उक्त निर्णयविरूद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दिएकी थिइन्।