काठमाडौं- हुम्लामा एक महिलाको मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको सुत्केरी हुन नसकेर मृत्यु भएको हो। गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको हो।
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो।