काठमाडौं– नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणपत्रमा अधिकार सम्पन्न राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल एक्रिडेशन अथोरिटी) बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख छ।
यस्तै काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने घोषणपत्रमा उल्लेख छ।