काठमाडौं– नेकपा (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमा २० ग्यारेन्टी प्रस्तुत गरेको छ। मंगलबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा फरक–फरक क्षेत्रमा पार्टीको ‘ग्यारेन्टी’ प्रस्तुत गरिएको हो।
एमालेको ट्वान्टी ग्यारेन्टीमा प्रेसर–सुगरः भइन्न बिरामी औषधि बेगर, स्वस्थ महिनावारी. १५०० वर्षभरी, खेतबारीमा पानीः खाडीमा होइन, स्वदेशमै जवानी,फाइभजी सञ्चारः आइटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थः १०० खर्ब लगाएत छन्।
