काठमाडौ- नेकपा एमालले आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गरिसक्ने जनाएको छ।
आज सार्वजनिक घोषणापत्रमा उसले स्वास्थ्य बिमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वाथ्य केन्द्रहरूबाट उपलब्ध हुने गरी सुनिश्चित गरिने, निःशुल्क वितरण गरिने औषधिको सङ्ख्या थप गर्ने, ६० वर्ष भन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परिक्षण तथा औषधि उपलब्ध गराइने उल्लेख गरेको छ।
कडा, असाध्य रोगहरूको उपचार निःशुल्क गरिने तथा यस्ता बिरामीहरू र ८० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई पोषणयुक्त आहारका लागि थप सहायताको योजना ल्याइने जनइएको छ। एमालेले खोप, पोषण र प्रसूति सेवाको अभाव हुन नदिने पनि जनाएको छ।