काठमाडौं- नेकपा एमालेले सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने जनाएको छ।
आज सार्वजनिक चुनावी घोषणापत्रमा एमलेले सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राखी ४० वर्षमाथिका सबै व्यक्ति र औषधि उपचार गरिरहेका सबै नेपालीको निःशुल्क नियमित स्वास्थ्य परीक्षण गर्ने जनाएको छ।