काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन, बिलिङ तथा रिपोर्ट वितरणको समय परिवर्तन भएको छ। आजदेखि नमूना संकलन आइतबारदेखि बिहिवारसम्म विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ। शुक्रबार भने बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म नमूना संकलन हुने छ।
कोभिड १९ को विलिङ तथा नमूना संकलन अन्यबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने र शुक्रबार बिहान ९ बजेदेखि १२:३० बजेसम्म हुनेछ।
रिपोर्ट वितरण अन्यबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने शुक्रबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। यो कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ। यस अघि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुँदै आएकोमा बुधबारदेखि १ घण्टा अगावै सरकारी कार्यालय बन्द हुने भएका हुन।
राजपत्रमा नै प्रकाशन भएको सूचना अनुसार १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएकोमा बुधबारदेखि सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुने भएका हुन। सोही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समय परिवर्तन गरेको हो।
