काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले खाद्य तथा औषधि विभाग गठन गर्ने घोषणा गरेको छ। बिहीबार घोषणापत्र सार्वजनिक गर्दै उक्त पार्टीले खाद्य विभाग र औषधि व्यवस्था विभागलाई गाभेर नेपाल खाद्य तथा औषधि विभाग गठन गर्ने जनाएको छ।
यस्तै उक्त पार्टीले स्वास्थ्य विज्ञहरु मात्रै रहने गरी केन्द्रीय रोग नियन्त्रण बोर्ड गठन गर्ने पनि उक्त पार्टीले उल्लेख गरेको छ।
स्वास्थ्य गुणस्तर सुनिश्चितता तथा प्रत्यायन बोर्ड गठन, स्वास्थ्य आविष्कार तथा विकास बोर्ड गठन लगाएतका विषय उक्त पार्टीले उल्लेख गरेको छ।