काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको डेपुटी अस्पताल निर्देशकमा डा लोकेश शेखर जयसवाल र डा इन्द्र लिम्बू नियुक्त हुभएका छन्।
प्रतिष्ठानको उपकूलपति डा ज्ञानेन्द्र गिरीले बुधबार जयसवाल र लिम्बुलाई डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन्।
बीपी प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलका अनुसार डा जयसवाल सिटीभिएस विभागका एसोसियट प्रोफेसर हुन्। डा लिम्बु प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर हुन्।
दुवैजनाले मिति गत जेठ १८ गतेबाट सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएको सहप्रवक्ता पोखरेलको भनाइ छ।