काठमाडौं- एपीएफ अस्पतालका डाक्टर २ महिनादेखि सम्पर्कमा नआएपछि सेवाबाट हटाइँने भएको छ। सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत डाक्टर करिब २ महिनादेखि सम्पर्कबिहीन भएका हुन्।
प्राविधिक प्रहरी निरीक्षक पदमा कार्यारत डा मनिष राज सापकोटा गत भदौ २६ गतेदेखि बिना जानकारी गायब भएका छन्।
बिना सूचना लामो समयसम्म अनुपस्थित भएको र सम्पर्कमा समेत नरहेका भन्दै गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ।
सेवाबाट नहटाउनु पर्ने कुनै कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको ७ दिनभित्र स्पष्टीकरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ।
यही कार्तिक १६ गतेको सचिवस्तरीय निर्णयबाट डा सापकोटालाई सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
