काठमाडौं - पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ४४९ पीसीआर र ८२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार १२७ पुगेको छ। देशभर हाल ५६२ जना सक्रिय संक्रमित छन्।