काठमाडौं- बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। काठमाडौंको गौशालामा रहेको तुलसी गेष्ट हाउसको छतमा राखेको पानीमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको हो।
उक्त गेष्ट हाउसमा बसेका बाँकेको बैजनाध घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा आरोजको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।